देवघाट गाउँपालिकाद्वारा विपदले पुर्‍याएका क्षतीको पुननिर्माण गर्ने

images
  • 177
    SHARES
  • आश्विन २०, २०८१ आइतबार
    देवघाट गाउँपालिकाद्वारा विपदले पुर्‍याएका क्षतीको पुननिर्माण गर्ने
    images


    देवघाट

    तनहुँको देवघाट गाउँपालिकामा हालैको विपदको घटनाले क्षती पुर्‍याए संरचनाहरु पुननिर्माण गरिने भएको छ । गाउँपालिकामा आज आइतबार बसेको विपद समितिको बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले विपदको कारण क्षती भएका स्थानहरुको मुल्यांकन गरि पुननिर्माणको काम तत्काल सुरु गर्ने बताएको छ।888.jpg

    देवघाट गाउँपालिका अध्यक्ष थापाले बाटो सरसफाइ तथा विपद कोषमा रहेको रकमले पालिका भित्रका ५ वटा वडालाई प्राथमिकता निर्धारण गरि पुननिर्माणको काम अगाडी बढाउने बताएका थिए ।साथै दशैं भित्रीएको बताउदै पानीले क्षती पुर्‍याएका ग्रामिण सडकहरु सुचारु नहुँदा जनतालाई आवतजावत गर्न कठिन भएको हुँदा पहिलो प्राथमिकता ग्रामिण सडकहरुलाई सुचारु गर्ने निर्णय समेत गरेको बताए ।333.jpg

    विपदको कारण ठुला क्षती भएका स्थानहरुमा देवघाट गाउँपालिकाको आर्थिक श्रोतले नसक्ने हुँदा प्रदेश र संघ सरकारलाई तुरुन्तै अनुरोध गरी निरन्तर लागी पर्ने र साना क्षतीहरुलाई गाउँपालिकाले नै पुननिर्माण गर्ने अध्यक्ष थापाले बताए।111.jpg

    सो बैठकमा गाउँपालिकका उपाध्यक्ष भुवनसिंह गुरुङ,गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछाने,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुवर,देवघाट १ वडा अध्यक्ष मणिराज गुरुङ, देवघाट २ वडा अध्यक्ष मिनबहादुर राना,देवघाट ३ वडा अध्यक्ष टेकबहादुर आले,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ ,नेकपा एमालेका गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली काँग्रेसका गाउँ कार्यसमितिका सदस्य भरत आचार्य, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदीले,इलाका प्रहरी कार्यालय प्रमुख ध्रुवनारायण श्रेष्ठ,गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल,गाउँपालिका लेखा शाखा अधिकृत शरद न्यौपाने,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी,गाउँपालिका प्रविधिक शाखा प्रमुख तिर्थराज ढुंगाना,गाउँपालिका योजना शाखा प्रमुख रामप्रसाद सापकोटा
    लगायतको उपस्थिति रहेको थियो भने विपद शाखा प्रमुख सदस्य सचीव कर्ण बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend