बाढी पहिरो: ज्यान गुमाउने दुई सय ४६ जना पुग्यो

images
  • 144
    SHARES
  • आश्विन २१, २०८१ सोमबार
    बाढी पहिरो: ज्यान गुमाउने दुई सय ४६ जना पुग्यो
    images

    काठमाण्डौ 

    अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ ।

    १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् । बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाकाे ज्यान गएकाे छ। जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ ।

    यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाण्डौमा १९, सिन्धुपाल्चोकमा १० जनाकाे ज्यान गएकाे नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend