सडकमा सास्ती काठमाण्डाैका

images
  • 78
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    सडकमा सास्ती काठमाण्डाैका
    images

    काठमाण्डाै –

    kathmandu_bad_road__10_0ONnUqOVSS.jpg

    देशको सङ्घीय राजधानी हो काठमाण्डाै । देशको जेठो महानगरपालिका रहेको काठमाण्डाै विकासका पूर्वाधारका हिसाबमा देशका अन्य महानगरपालिकाहरू भन्दा अगाडि नै हुनुपर्ने हो । तर विकासका पूर्वाधार निर्माणका हिसाबले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके, काठमाण्डाैकाे अवस्था त्यही पुरानै छ । काठमाण्डाैकाे विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । 

    काठमाण्डाैलाई हेरेर देशभरको मूल्याङ्कन गर्ने गरिन्छ । राजधानी भइसकेपछि व्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रूपमा काठमाण्डाैलाई चित्रण गर्दछन् कतिपयले । तर काठमाण्डाैकाे वास्तविकता भने त्यस्तो छैन । काठमाण्डाै उपत्यकाभित्रका सडकहरूले राजधानीकाे वास्तविकता झल्काउँछ । 

    काँठलाई काठमाण्डाै जोड्ने सडकहरूको नै मर्मत हुन सकेको छैन । जसका कारण सडकमा ठूला–ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना बढेको छ । त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ । 

    काठमाण्डाैलाई कतिपयले अव्यवस्थित सहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त परकै कुरा हो । कतिपय ठाउँका गाडी गुड्ने सडक नै व्यवस्थित छैनन् । राम्रा भनिएका सडकमा पनि ठाउँ–ठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । 

    अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् । चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैँ बग्छन् । पानी परेको बेलामा गाडी रोकेर राख्नुपर्ने अवस्था छ काठमाण्डाैका सडकको । चक्रपथबाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । 

    काठमाण्डाैकाे वास्तविकता त्यतिमै सीमित छैन । कतिपय सडक वर्षाैँदेिख टेन्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको असर भने नागरिकलाई नै परेकाे छ । पानी पर्‍याे गाडी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । 

    सडक निर्माणमा सरकारको लापर्बाही त्यत्तिकै देखिन्छ । नख्खु– भैँसेपाटी, चावहिल–कलङ्की, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् । अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यसबारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन । 

    न्यूज एजेन्सी नेपालकाे सहयाेगमा

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend