काठमाण्डाै
तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा ट्र्याक्टरले ठक्कर दिँदा ८ वर्षीय बालकको ज्यान गएको छ । ग १ त ७०३१ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सविन कुमालको ज्यान गएको हो ।
ज्ञानगङ्गा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको ट्रयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । ट्र्याक्टर चालक प्रदीप विकलाई प्रहरीले पक्राउ गरेको छ ।



