निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने

images
  • 215
    SHARES
  • आश्विन २१, २०८१ सोमबार
    निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने
    images

    काठमाण्डाै 

    नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ ।

    सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

    फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend