सुनचाँदीको मुल्य घट्यो

images
  • 140
    SHARES
  • आश्विन २२, २०८१ मंगलबार
    सुनचाँदीको मुल्य घट्यो
    images

    काठमाडौं 

    मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    आज सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

    चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend