नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति

images
  • 138
    SHARES
  • मंसिर ७, २०७८ मंगलबार
    नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति
    images

    काठमाडौँ । डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा आयोजना गरेको छ।

    2.jpg

    कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो।

    मन्तव्यका क्रममा लोसपा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरूबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। सो अवसरमा बोल्दै प्रथम सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend