देवघाट ,
देवघाट ब्याडमिन्टन संघको आयोजनामा
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित देवघाट धर्मार्थ अस्पताल नजिक रहेको ब्याडमिन्टन हलमा वडा भित्रका ब्याडमिन्टन समुह बीचको प्रतियोगिता आज बाट सुरु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवरले कर्क(बल) हस्तान्तरण गर्दै प्रतियोगिताको समुद् घाटन गरेको थिए।

देवघाट युवा तथा खेलकुद बिकास संस्थाको समन्वय रहेको उक्त प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ,भने फाइनल खेल भोलि बिहान शुभकामना आदानप्रदान र चियापान कार्यक्रम संगै रहने छ।
कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,गोरखाका कृषि अधिकृत अनुप नैनावस्ती,देवघाट युवा तथा खेलकुद बिकास संस्थाका अध्यक्ष अमर फेवाली,देवघाट युवा तथा खेलकुद बिकास संस्थाका पुर्व अध्यक्ष सुकु गुरुङ,मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम,गिरी,देवघाट ब्याडमिन्टन संघका सल्लाहकार नरबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो भने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता रहेको थियो।



