धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी आरोहीको ज्यान गएको पुष्टि

images
  • 230
    SHARES
  • आश्विन २३, २०८१ बुधबार
    धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी आरोहीको ज्यान गएको पुष्टि
    images

    काठमाण्डौ 

    धौलागिरि हिमाल आरोहणमा गएका १४ मध्ये पाँच जना रुसी नागरिकको ज्यान गएको पुष्टि भएको छ । गएको आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको हिजो शव भेटिएको हो । ज्यान गुमाउनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका प्रहरीले जनाएको छ ।

    उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव ७ हजार ६ सय मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ । ज्यान गुमाएका अलेक्जेन्डरको नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो ।

    आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसेका थिए । शपिलेवो नामका व्यक्ति क्याम्प–१ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।

    मौसम प्रतिकुल भएपछि सोमवार ट्रेकिङ कम्पनीले पाँच जना हराइरहेको भन्दै विभागलाई सम्पर्क गरेको थियो । मौसम प्रतिकुल हुनु र आरोहण सम्पन्न गरेर फर्कने उनीहरुको मनसायका कारण घटना भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend