नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना हुँदा १६ घाइते

images
  • 173
    SHARES
  • आश्विन २४, २०८१ बिहीबार
    नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना हुँदा १६ घाइते
    images

    सुर्खेत ।

    नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो ।

    गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । उनका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । 

    दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend