विश्व हात धुने दिवसःसाबुन पानीले हात नधुँदा के हुन्छ?

images
  • 164
    SHARES
  • आश्विन २९, २०८१ मंगलबार
    विश्व हात धुने दिवसःसाबुन पानीले हात नधुँदा के हुन्छ?
    images

    विभिन्न खालका सरुवा तथा घातक रोगहरु ब्याक्टेरीया, भाइरस फंगस प्रोटोजोवल खालका रोगहरुले आक्रमण गर्दछन। जस्तै झाडा पखाला ,टाईफाईड, जुकापर्ने , हैजा, खानाबाट सर्ने रोग , पानीबाट सर्ने रोग, विभिन्न किसिमका छालाका सरुवा रोगहरु र कोरोना भाइरस र ओमिक्रोन भाइरसबाट लाग्न सक्ने घातक रोगहरुलेसमेत आक्रमण गर्न सक्छन्।
    hand-wash-1697350725.jpg
    हात धुनुपर्ने जोखिमपूर्ण अवस्थाहरुः 
     १. चर्पीको प्रयोग गरीसकेपछि।
     २. बालबालिका वा बिरामीको दिसा धोइसकेपछि।
     ३. कुनै पनि फोहोर कुरा वा बिषादी छोइसकेपछि।
     ४. बिरामी वा बच्चाको स्याहार गरिसकेपछि। 
     ५. खाना बनाउनु वा तयार गर्नु अघि।
     ६. खाना खानु अघि।
     ७. बालबालिका वा बिरामीलाई खाना खुबाउनु अघि।
     ८. बिरामी वा बच्चाको स्याहार गर्नु अघि।
     ९. दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं। 

    साबुन पानीले हात धुँदा हुने फाइदाः
    १. व्यक्तिगत तथा पारिवारिक सरसफाइ हुने
    २. रोगबाट बच्न सकिने, शरीर निरोगी तन्र्दुस्त हुने
    ३. औषधिमा खर्च गर्न नपरेपछि आर्थिक रुपमा सबल हुने

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend