पासोमा परेर चितुवा मर्‍यो

images
  • 235
    SHARES
  • कार्तिक १, २०८१ बिहीबार
    पासोमा परेर चितुवा मर्‍यो
    images

    घोडाघोडी (कैलाली), कात्तिक १ 

    कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।

    पासोमा परेको वयस्क भालेलाई बुधबार बिहान चितुवाको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।

    उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनुभयो ।

    पण्डितका अनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend