काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्यो

images
  • 182
    SHARES
  • कार्तिक १, २०८१ बिहीबार
    काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्यो
    images

    काठमाण्डाै 

    काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ । केही दिनदेखि वर्षा रोकिएको र चिसोसमेत बढेकोले आज बिहानदेखि वायु प्रदूषण निकै बढेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले बताउनुभयो ।

    आज बिहानैदेखि काठमाण्डाैको वायुमण्डल धुम्म भएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार आज दिउँसो काठमाण्डौको हावाको गुणस्तर एक्यूआई एक सय ५९ रहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई एक सय ५० भन्दामाथि पुग्दा वायुलाई अस्वस्थ मान्छ ।

    यस्तै वातावरण विभागले राखेका मापन केन्द्रका अनुसार शङ्खमूलको एक्यूआई दिउँसो एक सय ५४ छ । यस्तै रत्नपार्क, खुमलटार, भक्तपुरलगायत उपत्यकामा रहेका सबैजसो मापन केन्द्रले दिउँसो एक्यूआई एक सय ४० आसपास तथा त्योभन्दा माथि देखाएका छन् ।

    एक्यूआई एक सयभन्दा माथि पुगेमा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगीलगायत संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend