बालविवाहको आरोपमा ८ जना पक्राउ

images
  • 116
    SHARES
  • कार्तिक १, २०८१ बिहीबार
    बालविवाहको आरोपमा ८ जना पक्राउ
    images

    काठमाडौं 

    सुनसरीको वराहक्षेत्रमा १८ वर्षीय नेपाली किशोरीको चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने ५ जना नेपाली रहेका छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ ।​​ किशोरीको उमेर १८ वर्ष मात्रै भएकाले संलग्न सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।​​​

    विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा  २० वर्ष नपुगी विवाह गर्न/गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ।

    नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'घटना शङ्कास्पद छ । व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend