कुलेखानी सडक तीन दिन बन्द

images
  • 151
    SHARES
  • कार्तिक २, २०८१ शुक्रबार
    कुलेखानी सडक तीन दिन बन्द
    images

    काठमाण्डौ 

    कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

    इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनुभयो ।

    दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाण्डौ र कान्तिलोकपथ–हेटौँडा–ठिङ्गन–काठमाण्डौ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend