रविको निवेदन,मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत पाएको छु,सबैले साथ दिनुपर्‍यो

images
  • 285
    SHARES
  • कार्तिक २, २०८१ शुक्रबार
    रविको निवेदन,मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत पाएको छु,सबैले साथ दिनुपर्‍यो
    images

    काठमाडौँ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरूको साथ खोजेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

    ‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क थियो ।

    बैठकमा सहभागी एक नेताका अनुसार, ‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्‍यो भन्ने रविको निवेदन थियो ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए ।

    बिहीबार मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend