सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने पक्राउ

images
  • 246
    SHARES
  • कार्तिक २, २०८१ शुक्रबार
    सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने पक्राउ
    images

    काठमाडौं,कात्तिक २

    तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

    लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।

    समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
    ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।
    सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवैजनालाई कारबाही सिफारिस गरेको थियो । जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकेको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend