काठमाण्डौ –
शेयर बजार परिसूचक नेप्से आज ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।



