पोखरा ।
सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
गत शुक्रबार पार्टी कार्यालय काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा आज आइतबार थुकछेक बहस भएको थियो ।
थुनामा राख्न आदेश भएसँगै रवि लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की लगेको छ ।



