स्वर्गीय अशोक थापाको परिवारलाई बिमा मार्फत ५ लाख २५ हजार हस्तान्तरण

images
  • 171
    SHARES
  • कार्तिक ४, २०८१ आइतबार
    स्वर्गीय अशोक थापाको परिवारलाई बिमा मार्फत ५ लाख २५ हजार हस्तान्तरण
    images

    आँबुखैरेनी, ४ कार्तिक ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–३, निवासी स्वर्गीय अशोक थापाको परिवारलाई सहकारी सदस्य हित कोष मार्फत र कर्जा बिमा मार्फत प्राप्त रकम नगद रु. ५ लाख २५ हजार हस्तान्तरण गरिएको छ ।

    माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य समेत रहनुभएका स्वर्गीय थापाको परिवारलाई सहकारी सदस्य हित कोष मार्फत नगद रु. २५ हजार र प्रभु महालक्ष्मी लाईभ ईन्सोरेन्स लिमिटेड आँबुखैरेनी शाखाबाट कर्जा बिमा मार्फत प्राप्त रकम रु. ५ लाख हस्तान्तरण गरिएको हो ।

    सहकारी संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्ष रेजिना श्रेष्ठ, सचिव प्रेम श्रेष्ठ, कोषाध्यक्ष प्रकाश अधिकारी, सदस्य तन कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबन्धक ओम श्रेष्ठ, बिमा प्रतिनिधी दिपेन्द्र उप्रेती, प्रगती टोल सुधार समितीका अध्यक्ष दिनेश कार्की, प्रतिनिधी बिमला कुँवर, प्रतापबाबु थापा लगाएत भू.पु. शैनिक प्रतिनिधीहरुको उपस्थितीमा स्वर्गीय अशोक थापाको श्रीमती बिष्णु थापालाई सो रकम हस्तान्तर गरिएको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक ओम श्रेष्ठले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend