सप्तरी
सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ ।
खडक नगरपालिका वडा नम्बर–७ का रामस्वरुप मण्डलकी नाै वर्षीया छोरी प्रियङ्काकाे सर्पको डसाइबाट ज्यान गएको हो ।
पूजाकोठामा आरती गर्ने क्रमले डसेपछि उपचारका लागि मण्डललाई कल्याणपुर सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । रातभरि उपचार गरे पनि बालिकाको अवस्था सुधार नभएपछि सिरहाको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका बुवा रामस्वरुपले बताउनुभयो ।



