बाजुरामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गयाे

images
  • 194
    SHARES
  • कार्तिक ५, २०८१ सोमबार
    बाजुरामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गयाे
    images

    बाजुरा 

    बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

    गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । उहाँको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो ।

    उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताउनुभयो ।

    असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । यही घटनामा स्थानीय बासिन्दा ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै ज्यान गएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend