रविलाई बयानका लागि वकिल कार्यालयमा उपस्थित गराइयो

images
  • 207
    SHARES
  • कार्तिक ६, २०८१ मंगलबार
    रविलाई बयानका लागि वकिल कार्यालयमा उपस्थित गराइयो
    images

    काठमाडौँ, कात्तिक ६

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।

    रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

    उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend