भक्तपुरको गुण्डुका बासिन्दालाई तिहारमा विशेष माग हुने माला उन्न भ्याइनभ्याइ

images
  • 258
    SHARES
  • कार्तिक ६, २०८१ मंगलबार
    भक्तपुरको गुण्डुका बासिन्दालाई तिहारमा विशेष माग हुने माला उन्न भ्याइनभ्याइ
    images

    काठमाण्डौ 

    भक्तपुरको गुण्डुका बासिन्दालाई तिहारमा विशेष माग हुने माला उन्न भ्याइनभ्याइ छ । तर यस वर्ष फूल राम्रो नभएको उनीहरु बताउँछन् ।  गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनुहुन्छ ।

    उहाँले माला र फूलको मूल्य भने अघिल्लो वर्षको जस्तै रहेको बताउनुभयो । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताउनुभयो । स्थानीय सुमित्रा कार्की पनि फूल उत्पादन राम्रो नभएको गुनासो गर्नुहुन्छ ।

    युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उहाँलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताउनुभयो ।

    आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँभन्दा बढी नदिने गरेको गुनासो उहाँको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताउनुभयो । कार्कीकाअनुसार फूलको खेती गरेर माला बनाउनसके धानखेती भन्दा नाफा हुन्छ । नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend