सुनको भाउ: तोलाको १ लाख ६६ हजार ७ सय पुग्यो

images
  • 188
    SHARES
  • कार्तिक ७, २०८१ बुधबार
    सुनको भाउ: तोलाको १ लाख ६६ हजार ७ सय पुग्यो
    images

    चितवन,कात्तिक ७

    दशैंपछि लगातार बढिरहेको सुनको भाउले कीर्तिमान बनाएको छ । आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको हो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend