व्यवसायीक प्रबद्र्धनमा सेन्ट्रल ग्रुप,चार महिने यात्रामा अध्यक्ष पौडेल

images
  • 127
    SHARES
  • कार्तिक ८, २०८१ बिहीबार
    व्यवसायीक प्रबद्र्धनमा सेन्ट्रल ग्रुप,चार महिने यात्रामा अध्यक्ष पौडेल
    images

    चितवन,कात्तिक ६

    चितवन, नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल ग्रुपले बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि कार्यक्रम गर्ने भएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायीक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ ।

    उहाँले युकेसंगै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा चार महिना व्यवसायीक प्रबद्र्धनका कार्यक्रम गर्नुहुनेछ ।

    ‘विश्वका विकसित देशहरुमा रहेका कलेज युनिभर्सिटीसंग छलफल र सहकार्यका बिषयमा कार्यक्रम आयोजना हुनेछ,उहाँले भन्नुभयो,यसले कलेजलाई थप विश्वासिलो र भरपर्दो बनाउन सहयोग पु¥याउनेछ ।’

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend