सारथी टुगेदर फर नेपालद्वारा बराह आधारभूत विद्यालयलाई स्टेसनरी सहयोग

images
  • 278
    SHARES
  • कार्तिक ९, २०८१ शुक्रबार
    सारथी टुगेदर फर नेपालद्वारा बराह आधारभूत विद्यालयलाई स्टेसनरी सहयोग
    images

     देवघाट कार्तिक ९

    देवघाट गाउँपालिका-५ स्थित रहेको बराह आधारभूत विद्यालयलाई सारथी टुगेदर फर नेपाल जर्मन संस्थाले शुक्रबार स्टेसनरी सामाग्री सहयोग गरेको छ । संस्थाले स्टेसनरी सामाग्री अन्तर्गत नेपाली कपी,अंग्रेजी कपी,ड्रोइङ्ग कपि,कलम,सिसाकलम ,इलेजर,पेन्सिलकटर लगायतका अन्य सामाग्रीहरू हस्तान्तरण गरिएको थियोे ।

    464508446_530727706260515_6970397430506193085_n.jpg

    उक्त कार्यक्रम आज सारथी टुगेदर फरनेपाल जर्मन प्रतिनिधि नारायण पुरीको प्रमुख अतिथ्यतामा सामाग्री हस्तान्तरण गरिएको हो । सारथी टुगेदर फर नेपाल जर्मन संस्थाले बराहमा धेरै पटक विद्यार्थीहरूको लागि आवश्यक स्टेसनरी सामग्री सहयोग गरिसकेको सारथी टुगेदर फर नेपाल जर्मन प्रतिनिधि नारायण पुरीले बताउनुभयो । प्रतिनिधि पुरीले कार्यक्रममा मन्तव्य राख्दै आफ्नो सानो सहयोगले भविष्यका कर्णधार विद्यार्थीहरूको भविष्य राम्रो हुन्छ भने आफुले सकेको सहयोग सधै गरिरहने बताउनु भयो ।

    464455351_530725862927366_8227249098185533722_n.jpg

    उक्त कार्यक्रममा सारथी टुगेदर प्रतिनिधि सपना पुरी,देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरूङ,देवपुर टोल विकास समितिका अध्यक्ष सुकु गुरूङ,विहानी मिडियाका अध्यक्ष आशिक रानामगर लगाएत अभिभावकहरूको सहभागीता रहेको थियोे ।

    464527223_530726412927311_3056120427884702036_n.jpg

    विद्यालयका प्रधानाध्यापक सोम थापामगरले स्टेसनरी सामाग्री सहयोग गर्नु भएकोमा सारथी टुगेदरलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । र आगमि दिनहरूमा पनि सहयोग पाउने आश व्यक्त गर्नु भएको थियोे । उक्त कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक रनमायाँ गुरूङले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे भने उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाको अध्यक्षतामा भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend