काठमाडौं, कात्तिक १०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
यसैबीच, बिहान ११ बजे रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थान कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा गएर मौन धारण गर्ने भएको छ।



