अग्रगामी टोल सुधार समितिद्धारा तारकेश्वर नगर प्रमुखलाई सुझाव पत्र पेश

images
  • 413
    SHARES
  • कार्तिक १०, २०८१ शनिबार
    अग्रगामी टोल सुधार समितिद्धारा तारकेश्वर नगर प्रमुखलाई सुझाव पत्र पेश
    images

    काठमाडौं,कात्तिक ०९

    तारकेश्वर नगरपालिका वडा नंं. ८ को अग्रगामी टोल सुधार समितिले तारकेश्वर नगर नगर प्रमुखलाई बिभिन्न माग राखि सुझाव पत्र पेश गरेको छ । काठमाडौं सुन्दर उत्तरी शहर,समूद्ध र सुसंस्कृत तारकेश्वर नगर भन्ने नारा सहित टोल सुधार समितिले नगर प्रमुससंग भेट गरी ताकेश्वर नगरपालिकाको विकास तथा सम्मृद्धिका लागि सुझाव पत्र पेश गरेको अग्रगामी टोल सुधारका अध्यक्ष बिनोद पोख्ररेलले जानकारी दिए ।

    अग्रगामी टोल सुधार समितिको सुझाव पत्र अनुसार नगरवासीलाई मुस्कान सहितको सेवा दिनुपर्ने,तारकेश्वर नगरपालिका रिङ्गरोड अवधारणा लागु गर्नुपर्ने,शेषमति,नेपालटार, बाइपास, दगुर्नेपानी, शेषमतिको ट्राफिक व्यवस्थापनको लागि एकतर्फि बाटो बनाउन पहल गर्नुपर्ने,नागरिक र नगरपालिका नान लगानीमा तारकेश्वर नगरपालिका भित्र सुविधा सम्पन्न हस्पिटल निर्माण गर्नुपर्ने,तारकेश्वर भित्रका सबै सडकको दुवैपट्टी वृक्षरोपण (फलफुल र स्वास्थ्यकर विरुवा ) गर्नुपर्ने,पानीको समस्या कम गर्न विज्ञसंगको परामर्शमा वडारटोल स्तरीय बोरीङ व्यवस्थापन र मेलम्चिको पानी सर्वसुलभ तरीकाको वितरणमा जोड दिनु पर्ने,अग्रगामी टोललाई नमुना टोल निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने,नगरपालिकाले हरेक टोल र विज्ञको प्रतिनिधित्व हुनेगरी ३/३ महिनामा वृहत छलफल राखी विकास निर्माण तथा नागरिकका समस्या पहिचान गरी समाधान गर्नुपर्ने,नगरवासीलाई करको दरमा सहूलियत दिनुपर्ने,नगर भित्रका सबैखाले तारलाई व्यवस्थित अण्डरग्राउण्ड गर्नुपर्ने,दैनिक बढ्दो चापयुक्त जनजीवनले मानिसमा अनेकौं रोगको उत्पत्ति भएको छ त्यसको समाधानमा एउटा वडामा एक योगा / ध्यान केन्द्र स्थापनामा पहल गर्नुपर्ने ।सार्वजनिक सौचालय र पार्किङको उचित प्रवन्ध गुर्नपर्ने,ट्राफिक समस्यालाई मध्यनजर गर्दा सार्वजनिक गाडीहरूको बिसौनी निर्धारित ठाउँमा मात्र गर्नुपर्ने,तारकेश्वर नगरपालिकाको वृत्तचित्र निर्माण गरी तारकेश्वर भ्रमण वर्ष मनाई आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्नुपर्ने,प्रत्येक वडामा भएका NRNA को लगत राख्नु पर्ने, NRNA हरुको ज्ञान, सिप, अर्थलाई आफ्‌नो गाउँमा लगाउन बडाले प्रेरीत गर्नुपर्ने,स्वस्थ जनशक्ति देश निर्माणका आधार स्तम्भ हुन् ।

    त्यसको लागि प्रत्येक टोल र स्कूलहरुमा व्यवस्थित खानपान,व्यायम आदिको सुचित गराउनु पर्ने,वडाको उत्पादन वडावासीलाई भन्ने नारालाई मूर्तरुप दिन नगरले उचित व्यवस्थापन गर्नुपर्ने,अब बन्ने आवास क्षेत्रको वैज्ञानिक र व्यवस्थित योजना सहितको कार्यक्रम लागू गर्नुपर्ने,छिमेकीको लागि छिमेकी भन्ने तथ्यलाई लागू गरी छिमेकमा असहज अवस्था रहेकाहरुको लागि नगर र वडाले समस्या पहिचान गरी समाधान गर्न अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने,बडा भित्रका कलकारखाना, उद्योग, स्कुल, बैंक वित्तिय संस्था, कृषि लगायत सबै क्षेत्रमा वडावासीलाई रोजगारीको अवसर प्रदान गर्न नगरले पहल गर्नुपर्ने,फोहरमैलाको व्यवस्थापनामा नागरिकलालाई सचेत गराउनु पर्ने,वडा भित्र रहेका व्यवसायिक व्यक्तित्वहरु र नगरपालिका विच अन्तरकृया गरी व्यवसायीलाई अनुशासितर प्रोत्साहित गर्नुपर्ने र नगरभित्र बसोबास गर्नु भएका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुको लगत संकलन गरी नगरको हितमा उपयोग गर्नुपर्ने ।

    २३ वटा बुदा सहित नगर प्रमुखलाई सुझाव पेश गरेको हो । सुझाव पत्र बुझदै नगर प्रमुख कृष्ण हरि महर्जनले सुझाबमा दिएका बिषयहरु नगरबासिको हितमा रहेकाले नगरपालिकाले गम्भिर रुपमा लिगेको र कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाएका छन । अग्रगामी टोल सुधार समितिले तारकेश्वर नगरपालिकालाई समुन्त नगर निर्माणमा सहयोग गर्न बिभिन्न समयमा स्वास्थ क्याम्प, ब्लड डोनेसन, टोलमा सरसफाइ कार्यक्रम तथा सामुहिक चाडपर्व मनाउने कार्यक्रम गरी राष्ट निर्माणमा सबैले आफ्नो कर्तब्य र दायित्व पुरा गरौ भन्ने उद्देश्यले सुझाब पत्र बुझाएको अग्रगामी टोल सुधार समिति सचिव निर्मल पन्तले बताए ।

    सुझाप पत्र बुझाउनेमा टोल सुधार समितिका कोषाध्यक्ष राजेन्द्र थपलिया, सदस्यहरु ज्ञानेन्द्र आर्चाय,दिवाकर सापकोटा समेत उपस्थिती रहेका भिए । नगर प्रमुख कृष्ण हरि महर्जनले अग्रगामी टोल सुधार समितिलाई तारकेश्वर प्ररिद्रिश्य फेम्म उपहार दिएका थिए । भन्ने अग्रगामी टोल सुधार समितिले नगर प्रमुखलाई बुद्धको फेम्म उपहार दिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend