काठमाडौं,कात्तिक ११
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ।
नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्ने छ। नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन।



