जङ्गली च्याउको तरकारी खाएका एकैघरका ५ जना बिरामी

images
  • 182
    SHARES
  • कार्तिक ११, २०८१ आइतबार
    जङ्गली च्याउको तरकारी खाएका एकैघरका ५ जना बिरामी
    images

    काठमाण्डौ 

    नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।

    देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् । गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको छ ।

    च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend