चितवन, कात्तिक १३
तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीले उन्नत जातका गाई पूजा गर्दा ‘फल’ प्राप्ती नहुने बताउनुभयो । उन्नत जातका गाईमा स्थानीय जातका गाईमा हुने गुण नहुने हुँदा पवित्र हुने उहाँको भनाई छ । महासचिव प्रा।डा।सुवेदीले उन्नत जातका (जर्सी लगायतका) गाईको दूध, गहुँत र गोरबमा समेत स्थानीय जातका गाईमा हुने गुण नहुने बताउनुभयो । प्रा.डा.सुवेदीले भन्नुभयो “गाईमा हुनु पर्ने गुण उन्नत जातका गाईमा हुँदैन, त्यसैले यी गाई अपवित्र भन्न मिल्छ ।”
देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका प्रा.डा.सुवेदीले धार्मिक कार्यहरुमा समेत उन्नत जातका गाईको अघ्र्य (दूध), गहुँत (पिसाबं) र गोरब प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले थप्नुभयो “अपवित्र भईसकेपछि त्यो पवित्र कार्यमा प्रयोग गर्दा कुनै फल प्राप्त हुँदैन ।”
केन्द्रले स्थानीय जातका गाईको दीर्घकालिन संरक्षणका लागि अक्षयकोषको समेत स्थापना गरेको छ । कोषमा रु।एक करोड हाराहारी रकम पुगेको छ । हाल केन्द्रमा २५० भन्दा बढी स्थानीय जातका गाई रहेका छन् । तिनीहरुको पालन पोषण दाताहरुको सहयोगमा हुँदै आएको छ । दाताहरुले नगद, पराल, चोकर लगायतका सामग्री सहयोग गर्ने गरेका छन् ।
केन्द्रले आगामी वर्षदेखि ‘गौसेवा पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने भएको छ । रु.११ हजार एक सय सहित हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने संयोजक ढकालको भनाई छ । बागेश्वर पवित्र दीर्घस्थल देवघाट नजिक पर्दछ ।



