इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै नेपालको विजयी शुरुवात

images
  • 244
    SHARES
  • कार्तिक १६, २०८१ शुक्रबार
    इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै नेपालको विजयी शुरुवात
    images

    काठमाण्डाै 

    इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएकाे हाे । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेकाे हाे । 

    इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍याे । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

    यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

    इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend