ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो

images
  • 166
    SHARES
  • कार्तिक १६, २०८१ शुक्रबार
    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
    images

    काठमाण्डौ 

    नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

    टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले बताउनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ घाइते भएको र ग्रिनसिटी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend