मुग्लिनबाट बेपत्ता भएकी नवलपुरकी विपना मृत फेला

images
  • 239
    SHARES
  • कार्तिक १६, २०८१ शुक्रबार
    मुग्लिनबाट बेपत्ता भएकी नवलपुरकी विपना मृत फेला
    images

    नवलपुर, कात्तिक १६-

    चार दिनदेखि मुग्लिनबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा विपना चौधरीको शव फेला परेको छ।

    नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु–२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका ४ लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन्।

    बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए। उनको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्टम गरिएको र शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए।
    क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कदै थिए। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend