सुनको भाउ घट्यो!

images
  • 196
    SHARES
  • कार्तिक २०, २०८१ मंगलबार
    सुनको भाउ घट्यो!
    images

    काठमाण्डौ 

    तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन आज सुनको भाउ एकैदिन दुई हजार आठ सय रुपैयाँले घटेको छ ।

    आज सुन दुई हजार आठ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारअघि यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । 

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीमा ६० रुपैयाँले घटेर ताेलाकाे दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend