कार पोखरीमा डुब्दा दुई जना बेपत्ता

images
  • 125
    SHARES
  • कार्तिक २०, २०८१ मंगलबार
    कार पोखरीमा डुब्दा दुई जना बेपत्ता
    images

    सर्लाही 

    सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरको पोखरीमा कार डुबेको छ ।

    लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा गौशाला नगरपालिका–१० का सुरेश महतो र सोनवा गाउँपालिका–८ का रामाकान्त ठाकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा रहेका अर्का व्यक्ति महोत्तरीको गौशाला–२ का जनक यादव पौडिएर बाहिर निस्कनु भएको छ ।

    घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend