रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

images
  • 154
    SHARES
  • कार्तिक २०, २०८१ मंगलबार
    रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
    images

    काठमाडौँ 

    सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।

    सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

    प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।

    लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाएका हुन् । 

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend