भैलो खेल्दा बस दुर्घटनाः रोजगार संयोजक ताराको मृत्यु

images
  • 155
    SHARES
  • कार्तिक २०, २०८१ मंगलबार
    भैलो खेल्दा बस दुर्घटनाः रोजगार संयोजक ताराको मृत्यु
    images

    अर्घाखाँची, कात्तिक २०

    भूमिकास्थान नगरपालिकाले आज (मंगलबार) शोक बिदा दिएको छ । अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो ।

    उनी नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ। उनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमकी संयोजक थिइन्।

    भूमिकास्थान नगरपालिका वडा नम्बर ६ घर भएकी उनी २०७९ भदौमा लिइएको परीक्षाबाट उनी रोजगार संयोजक पदमा छानिएकी थिइन्। सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो। सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए।

    1111111111111.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend