आज शेयर बजार खासै घटबढ भएन

images
  • 204
    SHARES
  • कार्तिक २०, २०८१ मंगलबार
    आज शेयर बजार खासै घटबढ भएन
    images

    काठमाण्डाै 

    तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो ।

    आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बजार खासै घटबढ नभएको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम घटेको छ । तिहार बिदाअघि पाँच अर्ब ९५ करोडको शेयर कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीका ९७ लाख १३ हजार कित्ता शेयर चार अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend