आज देशका धेरै ठाउँको मौसम सफा

images
  • 159
    SHARES
  • कार्तिक २२, २०८१ बिहीबार
    आज देशका धेरै ठाउँको मौसम सफा
    images

    काठमाण्डौ 

    आज देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो ।

    केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ । यससँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend