तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन,संचार मन्त्री गुरुङद्वारा उद्घाटन

images
  • 230
    SHARES
  • कार्तिक २२, २०८१ बिहीबार
    तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन,संचार मन्त्री गुरुङद्वारा उद्घाटन
    images

    २१ कार्तिक, तनहुँ

    नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।

    महाधिवेशन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यहि कार्तिक २४ देखि २६ गतेसम्म दमौलीमा महाधिवेशन गर्न लागेको जानकारी गराएको हो । महाधिवेशनको उद्घाटन नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रम सफल बनाउन प्रतिनिधि र पर्यवेक्षक गरेर पाँच सय जना खटाइने आयोजकले जनाएको छ । त्यस्तै गरि छिमेकी जिल्ला र स्थानीय गरि करिब पन्ध्र सयको हाराहारीमा महाधिवेशनमा सहभागीता जनाउने संयोजक बिश्वराज तमुले जानकारी दिए ।

    महाधिवेशनको उद्घाटन हुनु अगाडि र्याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित बजार परिक्रमा गरिनेछ । व्यास नगरपालिका-३ स्थित सभाहलमा गर्न लागिएको कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउनेछन । आउने प्रतिनिधिहरुबाट थोरै भएपनी शुल्क लिइने संयोजक तमुले बताए । त्यस्तै आउने प्रतिनिधिहरुलाई खान र बस्नको लागि समेत ब्यबस्थापन गरिएको छ ।

    कार्यक्रम सम्पन्न गर्न करिब बीस लाख रुपैयाँ खर्च हुने मुल समारोह समितिले जनाएको छ । त्यस्तै कार्यक्रमको लागि तमु समाजका प्रतिनिधि तथा स्थानिय तहले समेत सहयोग गरेको आयोजकको भनाइ छ । बिपन्न परिवारका बालबालिकालाई आधारभूत तहको शिक्षा प्रदान गर्न सहयोग होस भन्ने उदेस्यले सैक्षिक अक्षयकोष स्थापना गर्ने तयारी समेत भएको संयोजक तमुले बताए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend