माडी,कात्तिक २१
चितवनको बैकुण्ठ तालमा घुम्न गएका एक युवा डुवेर बेपत्ता भएका छन । माडी नगरपालिका ८ स्थित तालमा बिहिबार दिउसो घुम्न गएका भरतपुर महानगरपालिका १६ गरिमा टोलका ३५ वर्षिय अर्जुन गौतम ताल नजिकै रहेको ढुंगामा चढेर फोटो खिच्ने क्रममा चिप्लिएर खस्दा तालमा बेपत्ता भएका हुन् ।
उनको खोजीका लागि विपद् व्यवस्थापन टोलीसहितको प्रहरी परिचालन गरिएको छ ।



