राष्ट्रपति पौडेलद्वारा कमलपोखरीमा छठी माताको पूजाआराधना

images
  • 191
    SHARES
  • कार्तिक २२, २०८१ बिहीबार
    राष्ट्रपति पौडेलद्वारा कमलपोखरीमा छठी माताको पूजाआराधना
    images

    काठमाडौँ, कात्तिक २२

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गर्नुभएको हो ।

    राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको थियो । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । त्यहाँ उहाँले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गर्नुभयो ।
    यसैगरी उहाँले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गर्नुभयो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend