कारागारबाट भागेका प्रतिवादी विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ

images
  • 196
    SHARES
  • कार्तिक २३, २०८१ शुक्रबार
    कारागारबाट भागेका प्रतिवादी विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ
    images

    सुनसरी

    सजाय भुक्तानका क्रममा कारागारबाट दुई पटक भागेका सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

    सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने ठाउँबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले विनायककुमार यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोली समेत फायर गर्नुपरेको बताउनुभयो । यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दाेषी ठहर भएका थिए ।

    अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend