नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन गुरुङ निर्विरोध निर्वाचित

images
  • 302
    SHARES
  • कार्तिक २६, २०८१ सोमबार
    नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन गुरुङ निर्विरोध निर्वाचित
    images

    तनहुँ 

    नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवन इच्छाकामनाका पवन तमू निर्विरोध निर्वाचित भएको छ ।

    1731293732-KnWar.jpg

    तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो ।

    नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख सोम तमू, आईटी बिभाग सुमित तमू, शैक्षिक बिभाग प्रमुख बुधराम तमू, प्रशिक्षण तथा अनुशासन बिभाग प्रमुखमा गोबिन्द तमू निर्वाचित भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend