शेयर बजार आज घट्यो

images
  • 213
    SHARES
  • कार्तिक २७, २०८१ मंगलबार
    शेयर बजार आज घट्यो
    images

    काठमाण्डाै

    लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २४ अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज गूडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend