काठमाडौँ, कात्तिक २८
मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेसँगै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ ।
प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेपछि मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।



