प्रहरीको सई भन्दै पैसा असुली गर्ने युवक पक्राउ दाङमा

images
  • 138
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    प्रहरीको सई भन्दै पैसा असुली गर्ने युवक पक्राउ दाङमा
    images

    दाङ, २८ जेठ 

    दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    1654952513-PliED.jpg

     

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने)गरेका प्रहरीले जनाएको छ ।

    बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढा एको उनले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend