माओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भएको छः प्रचण्ड

images
  • 253
    SHARES
  • कार्तिक २८, २०८१ बुधबार
    माओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भएको छः प्रचण्ड
    images

    काठमाडौँ, कात्तिक २८-

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् ।

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ । यो यात्रा रूपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’अध्यक्ष प्रचण्डले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । फाइल तस्बिर

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend